Friday, November 22, 2024
Home > मुख्य समाचार > डा. केसी अस्पताल भर्ना

डा. केसी अस्पताल भर्ना

इलाम, ३० पुष । १६ औं सत्याग्रहमा रहनु भएका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या आएपछि उहाँलाई आज इलाम अस्पतालमा सारिएको छ ।

चिकित्सकहरुका अनुसार मुटुको धड्कन वढेको, छातीमा निमोनिया देखा परेपछि उहाँलाई इलाम अस्पतालमा सारिएको हो । श्वासप्रश्वासमा समस्या आएका कारण हिजैदेखि डा. केसीलाई अस्पताल सार्न खोजिएपनि उहाँले मान्नु भएको थिएन । गत पुष २५ गते बुधबारदेखी अनसनमा रहनु भएका केसीको आज छैठौ दिन हो । दिनानुदिन स्वास्थ्यमा समस्या आएपछि छैठौँ दिन अस्पतालमा सार्नु परेको वताइएको छ । डा.केसी इलाम नगरपालिका ७ स्थित डिभिजन भवन कार्यालयमा सत्याग्रहमा वस्नुभएको थियो । उहाँको हाल सम्म तीन पटक रगत लिइसकिएको र अब पनि नियमित स्वास्थ्य जाँच हुने इलाम अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. विजेन्द्रकुमार साहले वताउनुभयो । उहाँका अनुसार इलाम अस्पतालका चिकित्सकहरुको टोलीले डा. केसीलाई नियमित निगरानीमा राख्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *