Friday, November 22, 2024
Home > मुख्य समाचार > पार्टी फुटपछि रवीन्द्र्र मिश्रको यस्तो प्रतिक्रिया

पार्टी फुटपछि रवीन्द्र्र मिश्रको यस्तो प्रतिक्रिया

ललितपुर, २८ पुष । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टी विधि सम्मत रुपमा शसक्त ढंगले अघि बढ्ने बताउनुभएको छ ।

आज ललितपुरको बखुनडोलस्थित पार्टी कार्यालयमा पत्रकारहरुसंग कुरा गर्दै संयोजक मिश्रले पार्टी कत्ति पनि आफ्नो मार्गबाट विच्चलित नभई मुल्य मान्यतासहित अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । पार्टी फुटपछि आफुहरुको यात्रामा केही समस्या आएपनि यात्रा अवरुद्ध नहुने उहाँले दाबी गर्नुभयो । राष्ट्रिय मुद्धामा हस्तक्षेपकारी भुमिका निर्वाह गर्दै पार्टीको संगठन विस्तारमा लाग्ने उहाँले बताउनुभयो ।
उहाँले पार्टी भित्रनै केही समय अघि देखि पार्टी फुटाउने चलखेल भईरहेको पनि दाबी गर्नुभयो । पार्टी फुट गराउने मनसायले चलाईएको भ्रमलाई नै पार्टी भित्रका केही सदस्यले सत्य होभन्ने बुझेपछि समस्या भएको उहाँको तर्क थियो । बुझाईमा एकरुपता नभएपनि तत्काल पार्टी फुटको चरणमा पुग्छ भन्ने आफुलाई नलागेको पनि उहाँले उल्लेख गर्नुभयो । विवेकशीलबाट आएका उज्जल थापा लगायतको समूह पार्टी विधि र प्रक्रियाबाट अघि नबढेको भन्दै अलग भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *