Friday, November 22, 2024
Home > अन्तराष्ट्रिय समाचार > अमेरिकामा सरकारी कार्यालय बन्दीले राख्यो नयाँ रेकर्ड

अमेरिकामा सरकारी कार्यालय बन्दीले राख्यो नयाँ रेकर्ड

एजेन्सी । अमेरिकामा बजेट अभावका कारण सरकारी कार्यालय आशिंक बन्द भएको अवधिले योपटक नयाँ रेकर्ड कायम गरेको छ ।

सन् १९९५–१९९६ मा तत्कालीन राष्ट्रपति बिल क्लिन्टनको पालामा २१ दिन सरकारी कार्यालय बन्द भएको थियो । योपटक शनिबार २२ दिन पुगेको छ । तर, राजनीतिक अडानका कारण सहमति जुट्ने सम्भावना अझै देखिएको छैन । मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन रकम नछुट्याएसम्म बजेट स्वीकृत नगर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको अडान छ । डेमोक्र्याट्सले ५ दशमलव ७ बिलियन डलरको माग अस्वीकार गरेका छन् । यो अन्योलका कारण एक चौथाइ संघीय सरकार मातहतका कार्यालय बन्द छन् । ८ लाख कर्मचारीले तलब पाएका छैनन् । यसैबीच, राष्ट्रपति ट्रम्पले राष्ट्रिय आपत्तकाल घोषणा गरी आवश्यक रकम जुटाउने सम्भावनाको सम्बन्धमा कंग्रेसले नै समस्याको समाधान गर्नु उपयुक्त विकल्प हुने बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *