Friday, November 22, 2024
Home > मुख्य समाचार > डा. केसीले सुरु गरे १६ औं सत्याग्रह

डा. केसीले सुरु गरे १६ औं सत्याग्रह

इलाम, २५ पुष । संसदको शिक्षा तथा स्वास्थ्य समितिले आफूसँगको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै प्रा. डा. गोविन्द केसीले बुधबारदेखि १६ औं चरणको सत्याग्रह सुरु गर्नुभएको छ ।

इलाम सदरमुकामस्थित फूलगाछीमा बुधबार अपराह्न ५ बजे पत्रकार सम्मेलन गरी डा. केसीले अनशन सुरु गर्नुभएको हो । सरकारले साउन १० गते आफूसित गरेको सहमति पालना नगरेको भन्दै उहाँले सरकारसँग भएको सम्झौतालाई अक्षरश ः पालना गर्दै अविलम्ब चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्ने माग गर्नुभयो । डा. केसीले कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन पनि माग गर्नुभएको छ । साथै, प्रमाण नस्ट गर्ने, नक्कली प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चालेको आन्दोलनमा गोली चलाइ हत्या, अंगभंग गर्ने व्यक्तिहरुमाथि तत्काल फौजदारी मुद्दा चलाउन पनि डा. केसीले माग गर्नुभएको छ । डा. केसीले देशमा बढेको भद्रगोल, अराजकता र दन्डहीनताको जिम्मेवारी कार्यकारी प्रमुखका हैसियतले प्रधानमन्त्रीले लिनुपर्ने दावी पनि गर्नुभयो । अनशनको तयारीका लागि डा. केसी मंगलबारै इलाम पुग्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *