Friday, November 22, 2024
Home > मुख्य समाचार > कांग्रेस सांसदहरुद्वारा पर्यटनमन्त्रीको राजीनामा माग

कांग्रेस सांसदहरुद्वारा पर्यटनमन्त्रीको राजीनामा माग

काठमाडौं, २५ पुष । नेपाली कांग्रेसले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्यहरुले वाईडवडी विमान खरिद प्रकरणमा भएको आर्थिक अनियमितताको नैतिक जिम्मेवारी लिदै विभागिय मन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका हुन् । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले विभागिय मन्त्रीले राजीनामा गरेर भ्रष्टाचार छानविनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सघाउनुपर्ने बताउनुभएको हो । उहाँले २ सय ४२ मेट्रिकटन तौलको विमान ल्याउनुपर्नेमा २ सय ३० मेट्रिकटन तौलको मात्रै विमान खरिद गरेर सिधा सिधा भ्रष्टाचार गरिएको भन्दै वाईडवडी विमान खरिद प्रकरणमा भएको अनियमितताको सत्यतथ्य छानविनका लागि तत्काल पर्यटनमन्त्री अधिकारीले राजीनामा गर्नुपर्ने माग गर्नुभयो । वर्तमान सरकार गठन भए लगत्तै निर्मला पन्तको हत्या, ३३ किलो सुनकाण्ड तथा छिटो निर्माणका कामहरु सम्पन्न गर्ने नाममा ठेकेदारहरुलाई नियन्त्रणमा लिने थुन्ने लगायत काण्डैकाण्ड भएको भन्दै उहाँले वाईडबडी विमान खरिद प्रकरण पनि त्यसैको निरन्तरता भएको टिप्पणी गर्नुभयो । कांग्रेसकै राष्ट्रियसभा सदस्य धनकुमारी खतिवडाले सरकारले कानुनी राज्यको खिल्ली उठाएको र कानुनी राज समाप्त पार्ने तर्फ उन्मुख भएको आरोप लगाउनुभयो ।

वाईडवडी विमान खरिद सम्बन्धमा संसदीय उपसमितिले अध्ययन गरिरहेकै समयमा सरकारले छुटै जांच बुझ कमिटी गठन गर्नु सरकारको हतास मनस्थति भएको भन्दै यसले सरकार थप निरंकुशतातर्फ जान लागेको त होइन भन्ने प्रश्न उब्जाएको टिप्पणी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *