Thursday, November 21, 2024
Home > खेलकुद समाचार > प्रदेश २ लाई नेपाल पुलिस क्लबले हरायो

प्रदेश २ लाई नेपाल पुलिस क्लबले हरायो

इनरुवा, २१ पुष । सुनसरी सदरमुकाम इनरुवामा आजदेखि सुरु उपत्यकाबाहिर सबैभन्दा ठूलो मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लब बिजयी भएको छ ।

इनरुवा खेल मैदानमा सम्पन्न खेलमा ३ सय १२ रनको लक्ष्य पछ्याएको प्रदेश नम्वर –२ लाई १ सय ९९ रनमा समेट्दै पुलिसले १ सय १२ रनको फराकिलो जित निकालेको हो । प्रदेश २ लाई सस्तैमा समेट्न पुलिसका ललित राजवंशी र योगेन्द्र कार्कीले समान ३ – ३ विकेट लिए । प्रदेश नम्वर २ का लागि हरिशंकर साहले ५८ र सम्सुद सेखले २९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । टिमकालागि कप्तान महबुब आलमले १३ रन मात्रै जोड्न सके । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसले जितकालागि प्रदेश नम्वर २ लाई ३ सय १२ रनको लक्ष्य दिएको थियो । निर्धारित ५० ओभर खेल्दै पुलिसले ९ विकेटको क्षतिमा ३ सय ११ रन जोडेको थियो । पुलिसका तीन ब्याट्सम्यानले अर्धशतक पुरा गरेका थिए । पुलिसकालागि सुनिल धमलाले ७३ रन जोडे भने दिलिप नाथले ५९ रन बनाए । वलिङ तर्फ प्रदेश नम्वर २ का रसिद खान र हरिशंकर साहले २–२ ले विकेट लिए । खेलको म्यान अफ दी म्याच नेपाल पुलिसका सुनिल धमला घोषित भए । प्रतियोगिता अन्र्तगत भोलिको खेल आयोजक इनरुवा र नेपाल पुलिसबिच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *