Friday, November 22, 2024
Home > मुख्य समाचार > वाइडबडी विमान खरिद प्रकरणमा कांग्रेस सभापति देउवाको यस्तो प्रतिक्रिया

वाइडबडी विमान खरिद प्रकरणमा कांग्रेस सभापति देउवाको यस्तो प्रतिक्रिया

मोरङ, २१ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले वाइडबडी विमान खरिद प्रकरणमा घोटला भएको आशंका भएकाले कसैलाई देशको पैसा लुट्न नदिने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय मगर संघले मोरङले लेटाङमा आज आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले वाइडबडी विमान खरिद प्रकरणमा भष्टाचार गर्ने जो सुकै भए पनि कांग्रेसले नछाड्ने दाबी गर्नुभयो । उहाँले वाइडबडी विमान खरिद गर्दा भष्टाचार भएको भन्दै कांग्रेसले यो प्रकरणमा संलग्न कसैलाई छाड्ने चेतावनी दिनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले वर्तमान सरकारले जथाभावी कर लगाएर जनतालाई आतंकित बनाएको आरोपसमेत लगाउनुभयो । उहाँले अवैज्ञानिक र अव्यवहारिक कर लगाएका कारण जनता वर्तमान व्यवस्थाप्रति नै निराश हुने अवस्थामा पुगेको टिप्पणी गर्नुभयो । सरकारले कर थुपार्ने काम मात्र गरेकाले सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको नाम आफूले करप्रसाद ओली राखेको उहाँले बताउनुभयो ।

सरकारकै कारण मुलुकमा नयाँ लगानी नथपिएको धारणा व्यक्त गर्नुभयो । उहाँले वर्तमान सरकार गठन भएपछि व्यापार घाटा अत्यन्तै धेरै बढेको दाबी गर्नुभयो । देउवाले सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको, स्वतन्त्र न्यायालय र प्रेसमाथि हस्तक्षेप गर्न सुरु गरेको आरोपसमेत लगाउनुभयो । उहाँले सरकारको गलत क्रियाकलापविरुद्ध खरो रुपमा उत्रिन नेता कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो । कार्यक्रममा सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, डा. शेखर कोइराला, अमृत अर्याल, डा. डिला संग्रौला, प्रवक्ता विश्वप्रकाश शर्मा, सांसद सीताराम मेहेतालगायतले दुई तिहाई बहुमत प्राप्त भए पनि सरकार पूर्ण रुपमा असफल भएको टिप्पणी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *