Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > छन्द कविता मार्फत भ्रष्टाचार, अशान्ति र राजनीतिक खिचातानीमाथि व्यंग्य

छन्द कविता मार्फत भ्रष्टाचार, अशान्ति र राजनीतिक खिचातानीमाथि व्यंग्य

काठमाडौं, २१ पुष । स्रष्टाहरुले छन्द कविता मार्फत मुलुकमा व्याप्त भ्रष्टाचार, अशान्ति र राजनीतिक खिचातानीमाथि तिखो व्यंग्य गरेका छन् ।

लेखन कुञ्जले काठमाण्डौमा गरेको छन्द कविता वाचन कार्यक्रममा छन्दकविहरुले मुलुकको शान्ति सुरक्षा, भ्रष्टाचार, राजनीतिक खिचातानीमाथि व्यंग्य गर्दै राज्य सत्ताको नेतृत्व लिएकालाई हिम्मतका साथ दियालो बन्न सुझाव दिएका हुन् । आर्थिक अनियमितताको सवालमा सधै साना र तल्लो बर्गकालाई मात्रै निसानामा पार्ने गरिएकोमा पनि उनीहरुले असन्तुष्टि पोखेका छन । इच्छाशक्ति भए मुलुकको शान्ति विथोल्न जुरुक्क उठेका सिहं र व्वाँसालाई थुन्न सकिने भन्दै उनीहरुले निर्मला पन्तको हत्यामा संलग्न दोषिलाई नियन्त्रणमा लिई मुलुकभर शान्ति र सुरक्षाको दियालो बन्न नेतृत्वको ध्यानाकर्षण गराएका छन । उनीहरुले मुहानबाट नै भ्रष्टाचार निर्मुलको पहल गर्न पनि सुझाएका छन ।

पछिल्लो समय लिंङ्ग पहिचान गरि भु्रण हत्या गराउने काम बढ्दै गएकोमा गम्भीर असन्तुष्टि जनाउदै कविहरुले छोरीप्रति दया, माया र भरोसा राख्न अपिल गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *