Sunday, November 24, 2024
Home > राष्ट्रिय समाचार > आर्थिक परिर्वतनबाट सामाजिक रुपान्तरण गर्ने लक्ष्यमा सरकार

आर्थिक परिर्वतनबाट सामाजिक रुपान्तरण गर्ने लक्ष्यमा सरकार

काठमाडौं, २१ पुष । सूचना प्रविधि तथा संचारमन्त्री गोकुल बास्कोटाले राजनीतिक परिर्वतन मात्रै नभई आर्थिक परिर्वतनबाट सामाजिक रुपान्तरण गर्ने लक्ष्यमा सरकार अघि बढेको बताउनु भएको छ ।

आज काठमाडौमा आयोजित नेपाल कुरियर सेवा संघको २४ औ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणलाई एकसाथ अघि बढाउने गरि सरकार अघि बढेको बताउनुभएको हो । आर्थिक रुपान्तरणबाट मुलुकको सम्वृद्धि र जनताको सुख जोडिने भएकाले सरकार समाजशास्त्रीय र अर्थशास्त्रीय दुवै दृष्टिले अघि बढेको दाबी उहाँले गर्नुभयो । राष्ट्रिय स्वभिमानका साथ मुलुकको आर्थिक विकास गर्ने लक्ष्यमा सरकार अघि बढेको भन्दै उहाँले त्यसका लागि आवश्यक राष्ट्रिय पूँजी निर्माणमा निजी क्षेत्र संग सहकार्य गरिने बताउनुभयो । उहाँले जनताको अभिमतबाट नै दुई तिहाई सरकार बनेकाले सरकारलाई विश्वास गर्न आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *