काठमाडौ., २० पुष । राष्ट्रिय सूचना आयोगले मातहतका सबै निकायमा सूचना अधिकार तोक्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई आदेश दिएको छ ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले मातहतका सबै निकायमा सूचना अधिकार तत्काल तोक्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई आदेश दिनु भएको हो । आज काठमाडौंमा आयोजित ‘सहकारीमा सूचनाको हक’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सूचना दिए÷नदिएको अभिलेख राख्न पनि सरकारका सबै निकायलाई सचेत गराउनु भयो । प्रमुख सूचना आयुक्त बास्कोटाले संविधान, कानुनले सबै नागरिकलाई सूचनाको हक पाउने अधिकार दिएको उल्लेख गर्दै त्यसको उचित व्यवस्था गर्न सरकारी निकायले ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नुभयो ।
नेपालमा हाल करिव ३४ हजार सहकारी संस्थाहरु रहेका छन् । ती सहकारी संस्थाहरुको सूचना अधिकार अझै नतोकेकोमा राष्ट्रिय सूचना आयोगको आपत्ति छ ।