Sunday, November 24, 2024
Home > राष्ट्रिय समाचार > केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ पेश

केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ पेश

काठमाडौं, १९ पुष । सरकारले प्रतिनिधिसभाको बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ पेश गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ पेश गर्नुभएको हो । मन्त्री ढकालले राख्नुभएको विधेयक माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतीबाट स्वीकार गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक आईतबार १ बजे बोलाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *