Friday, November 22, 2024
Home > मुख्य समाचार > विराटनगरबाट श्रम स्वीकृति दिन काम अझै सुरु भएन

विराटनगरबाट श्रम स्वीकृति दिन काम अझै सुरु भएन

विराटनगर, १७ पुष । विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृतिका लागि न्यूनतम भौतिक पूर्वाधार जोहो गरिसकेको भए पनि मन्त्रालयले निर्देशन नपठाएका कारण श्रम स्वीकृति दिने कार्य सुरु हुन सकेको छैन ।

कार्यालयमा दैनिक २० देखि ३० जना श्रम स्विकृतिका लागि आउने गरेका छन् । सरकारले पुस १५ गतेदेखि विराटनगरबाट पनि श्रम स्वीकृति दिने भन्ने सुनेकोले आफूहरु उत्साहित भएर श्रम स्वीकृति लिन आएको सेवाग्राहीहरुले बताएका छन् । विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयले कार्यालयमा नै रहेको केही थान पुराना कम्प्युटरहरु मर्मत गरेर आवश्यक काम गर्न सकिने स्थिति बनाएको छ भने आईरिस मेशिन जडान गरिसकिएको सो कार्यालयका शाखा अधिकृत ताम्रराज काफ्लेले जानकारी दिनुभयो । उहांले मन्त्रालयले हालसम्म निर्देशन नपठाएका कारण श्रम स्वीकृति भने नदिइएको बताउनुभयो ।

विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा श्रम स्वीकृतिका लागि न्यूनतम भौतिक पूर्वाधारहरुको व्यवस्था भईसकेको भएपनि कर्मचारी भने अभाव रहेको छ । कार्यालयका उपसचिव स्तरका कार्यालय प्रमुख र कारखाना निरीक्षकको सरुवा भएपछि दुई जना शाखा अधिकृतसहित ६ जना मात्र कर्मचारी छन् । कुल १४ जना कर्मचारी दरबन्दी रहेको सो कार्यालयले कार्यालय प्रमुख नै नहुँदा कारखाना निरीक्षण, श्रमिक उद्यमी विवाद र ट्रेड युनियन दर्ता र नविकरण जस्ता नियमित कामसमेत गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *