Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > ‘बालबालिकासँग प्रधानमन्त्री’

‘बालबालिकासँग प्रधानमन्त्री’

काठमाडौं, १७ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकासँग अन्तरक्रिया गर्नु भएको छ ।

प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ नामक अन्तरक्रिया कार्यक्रममा सहभागी हुनु भएको हो । त्यस क्रममा प्रधानमन्त्रीले नयाँ पुस्ता फेल, असफल, नालायक र अयोग्य नरहेको प्रतिक्रिया दिनु भयो । उहाँले विद्यमान शिक्षा प्रणालीमा सुधार गर्दै बालबालिकाहरुलाई हतोत्साही हुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । प्रधानमन्त्री ओलीले बालप्रतिभालाई प्रकट हुनै नदिने विद्यमान शिक्षा प्रणाली रहेको उल्लेख गर्दै त्यसलाई क्रमिक रुपमा सुधार गर्दै लैजाने योजना पनि बालबालिकालाई सुनाउनु भयो ।

प्रधानमन्त्री ओलीले मातृभाषा, राष्ट्रिय भाषा र अन्तराष्ट्रिय भाषाको रुपमा रहेको अंग्रेजी भाषालाई उत्तिकै महत्व दिन पनि बालबालिकालाई आग्रह गर्नु भयो । बालबालिकाहरुले नेपाली भाषालाई छोडेर सरकारले अंग्रेजी भाषालाई मात्रै महत्व दिएको हो (?) भन्ने प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले त्यसको जवाफमा अंग्रेजी भाषाको पनि उत्तिकै महत्व रहेको स्पष्ट पार्नु भयो । प्रधानमन्त्री ओलीले सबै बालबालिकालाई सहज रुपमा शिक्षा दिने व्यवस्था गर्न सरकारले सामूदायिक विद्यालयहरुको गुणस्तरमा जोड दिएको पनि स्मरण गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *