Friday, November 22, 2024
Home > मुख्य समाचार > प्रस्तावित प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मतिले अनुमोदन

प्रस्तावित प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मतिले अनुमोदन

काठमाडौं, १७ पुष । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधिश जबराको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । संसदीय विधि र प्रक्रिया पूरा गरी प्रधानन्यायाधिशमा प्रस्तावित जबराको नाम अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनु भयो । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेका जबरालाई राष्ट्रपतिले प्रधानन्यायाधिशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधिश ओमप्रकाश मिश्रले आजैबाट अवकाश लिनुभएको छ । बैठकमा जबराले समितिका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै सेवाग्राहीको न्याय पाउने अधिकार मर्न नदिने प्रतिवद्धता जनाउनु भयो । उहाँले न्यायालयलाई समक्ष बनाउने, गौरवशाली न्यायालयको रुपमा विकास गर्ने गरी आफूले कार्ययोजना बनाएको उल्लेख गर्दै सोही अनुसार अघि बढने योजना पनि समितिलाई जानकारी गराउनु भयो ।

प्रस्तावित प्रधानन्यायाधिश जबराले न्यायमा सबैको पहँच पुर्याउन लागि पर्ने पनि बताउनु भयो । न्यायालयको आदेशप्रति गुनासा आउने गरेको स्विकार गर्दै जबराले त्यस्ता गुनासा आगामी दिनमा आउन नदिन आफू सचेत रहेको पनि बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *