Friday, November 22, 2024
Home > मुख्य समाचार > कर्मचारी समायोजन अध्यादेश प्रतिनिधिसभाबाट पारित

कर्मचारी समायोजन अध्यादेश प्रतिनिधिसभाबाट पारित

काठमाडौं, १७ पुष । प्रतिनिधिसभाले सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश २०७५लाई पारित गरेको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकले कर्मचारी समायोजन अध्यादेश २०७५ लाई वहुमतले पास गरेको हो । यसअघि सांसद प्रेम सुवाल र गगनकुमार थापाले कर्मचारी समायोजन अध्यादेश अस्वीकार गरियोस् भनी दर्ता गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अध्यादेश स्वीकृतका लागि राखेको प्रस्ताव बहुमतले पास भएको हो । उहाँले अध्यादेश पुर्णत संविधानतः आएको दाबी गर्दै राष्ट्रसेवक कर्मचारीको वृद्धि विकासलाई कहि पनि बन्द नगरिएको बताउनुभयो । उहाँले प्रस्तुती र अन्तरवस्तुका दृष्टिले अध्यादेशमाथि शंका गरिरहनु पर्ने अवस्था नरहेको जिकिर गर्नुभयो ।

अध्यादेशमाथि विरोधको सुचना दर्ता गराएका सांसद गगन थापाले छुटै पहिचान बोकेका केही विशिष्ट कर्मचारीको स्वार्थबाट प्रभावित भएर अध्यादेश ल्याईएको भन्दै फिर्ता लिन माग गर्नुभएको थियो । उहाँले अध्यादेश प्रस्तुत गर्ने तरिकामा मात्रै नभएर अध्यादेश भित्रका प्रावधानमा पनि समस्या देखिएको दावी गर्नुभयो । उहाँले लोक सेवा ऐन बनाउदै गर्दा सरकारले आयोगलाई सरकार मातहतको विभाग बनाउन खोजेको आरोप पनि लगाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *