Friday, November 22, 2024
Home > अन्तराष्ट्रिय समाचार > संशोधित स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा आउने दक्षिण कोरियाको दावी

संशोधित स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा आउने दक्षिण कोरियाको दावी

एजेन्सी । दक्षिण कोरियाले संयुक्तराज्य अमेरिकासँगको संशोधित स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा आउने जनाएको छ ।

कोरियाली अधिकारीहरुले नयाँ सम्झौताले बाणिज्य र लगानीमा सुधार ल्याउने तथा दुबै देशबीचको मित्रतालाई अझ फराकिलो बनाउने विश्वास व्यक्त गरेका छन् । दुबै मुलुकले मङ्गलबार उक्त नयाँ सम्झौताका बारेमा लिखित सूचना आदानप्रदान गर्ने तयारी गरेका छन् । कोरियाली व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयले नयाँ संशोधित व्यवस्थाका बारेमा आआफ्ना मुलुकमा आवश्यक तयारी पूरा भएको जनाएको छ । विगतमा भएको व्यापार सम्झौतामा आवश्यक संशोधन गर्ने सहमति भएबमोजिम अमेरिका र कोरियाबीच व्यापारिक साझेदारीका बारेमा व्यापक छलफल भएको थियो । पुरानो स्वतन्त्र व्यापार सम्झौता सन् २०१२ मा भएको थियो । संयुक्तराज्य अमेरिकाले सवारी साधनको आयात असन्तुलन भएको भन्दै कोरियामाथि नयाँ सम्झौता गर्न दबाब दिएको थियो । मन्त्रालयले कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा नयाँ संरचनाले थप सुदृढ गर्ने बताएको छ । संशोधित सम्झौता बमोजिम अमेरिकाले आगामी २० वर्षसम्म अर्थात सन् २०४१ सम्म कोरियामा निर्मित पिकअप ट्रकमा २५ प्रतिशतसम्म करवृद्धि गर्न पाउनेछ । साथै, अमेरिकी कारको आयातमा दोब्बर वृद्धि गर्न कोरिया सहमत भएको छ । हाल अमेरिकामा निर्मित २५ हजार थान कारमात्र कोरियाली बजारमा बिक्री गर्न पाइने व्यवस्था छ । अब ५० हजार थान अमेरिकी कारले कोरियाली बजारमा पहुँच पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *