Monday, November 25, 2024
Home > आर्थिक समाचार > पर्यटनलाई मुलुकको आर्थिक विकासको प्रमुख आधार बनाइने

पर्यटनलाई मुलुकको आर्थिक विकासको प्रमुख आधार बनाइने

काठमाडौं, १६ पुष । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले २० वर्षभित्र पर्यटन क्षेत्रलाई मुलुकको आर्थिक विकासको प्रमुख आधारको रुपमा विकास गर्ने योजना अघि सार्नुभएको छ ।

मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँगको सहकार्यमा जोड दिने पनि स्पष्ट पार्नुभयो । आज काठमाडौंमा आयोजित नेपाल पर्यटन बोर्डको २० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले पर्यटन उद्योगको भविष्य उज्यालो रहेको उल्लेख गर्दै उत्साहका साथ काम गर्न पर्यटन व्यवसायीहरुलाई पनि आग्रह गर्नु भयो । मन्त्री अधिकारीले मुलुकको पर्यटन क्षेत्रको उल्लेख्य विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने पनि स्मरण गराउनु भयो । मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’को रुपमा विकास गर्न लागिएको पनि बताउनु भयो । कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटन क्षेत्रको दीगो विकासमा जोड दिन पर्यटन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा पर्यटन क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याउनेहरुलाई सम्मानसमेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *