Monday, November 25, 2024
Home > मुख्य समाचार > फागुनदेखि मोरङमा स्वास्थ्य बिमा

फागुनदेखि मोरङमा स्वास्थ्य बिमा

विराटनगर, १५ पुष । मोरङमा आगामी फागुनदेखि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ ।

नेपाल सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुुल्क पुुर्याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम फागुुनदेखि सुरु हुुने भएको हो । बिमा तयारीको बारेमा विराटनगर महानगरपालिकामा आज आयोजित अभिमुुखीकरण कार्यक्रममा स्वास्थ्य बिमा सञ्चालन बारे जानकारी गराइएको थियो । त्यसका लागि विराटनगर महानगरपालिकासहित १७ वटै स्थानीय तहमा तयारी सुुरु गरिएको छ । बिमा गर्दा ५ जनाको परिवारले वार्षिक २ दुई ५ सय र त्योभन्दा बढी परिवार संख्या भएमा त्यसमा ४ सय ५ रुपैयाँ थप गर्नुुपर्ने हुन्छ । १७ वटै स्थानीय तहका प्रत्येक वडामा खटिएका एक–एकजना बिमा दर्ता सदस्यहरुले सहभागी सदस्यहरुको नाम दर्ता गर्नेछन् । कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले बिमा कार्यक्रम अत्यन्त प्रभावकारी भएकाले स्थानीयस्तरसम्मै प्रचारप्रसार आवश्यक रहेको बताउनुुभयो । उहाँले कार्यक्रमलाई प्रभावकारी बनाउन महानगरपालिकाको सक्दो सहयोग रहनेसमेत उल्लेख गर्नुभयो ।

स्वास्थ्य विमा बोर्ड प्रदेश कार्यालय १ को आयोजनामा भएको कार्यक्रममा वोर्डका संयोजक ज्ञानबहादुुर बस्नेत तथा सह–संयोजक दुर्गा आचार्यले विमाबारे नीतिगत व्यवस्था र बिमाको संरचना र ढाँचाबारे जानकारी गराउनुुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *