Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > अब प्रदेश २ बाटै वैदेशिक रोजगारीका सेवा उपलब्ध हुने

अब प्रदेश २ बाटै वैदेशिक रोजगारीका सेवा उपलब्ध हुने

जनकपुर, १५ पुष । वैदेशिक रोजगारीका सेवा विकेन्द्रीकरण भएका छन् ।

सरकारले पहिलोपटक आजदेखि प्रदेशबाट नै वैदेशिक रोजगारीका सेवा उपलब्ध गराउन लागेको हो । पहिलो चरणमा प्रदेश २ र ५ बाट सेवा सुरु भएको छ । प्रदेशको श्रम कार्यालयले डिमान्ट लेटर, पूर्वस्वीकृति, श्रम स्वीकृति, उजुरी लिने र उजुरी फच्र्छोटलगायत काम गर्नेछ । प्रदेश नम्बर २ को जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति सेवा प्रदान गर्न थालिएको छ । केही समयअघि नै कार्यालय स्थापना भए पनि आजदेखि सेवा प्रदान गर्न सुरु भएको हो । आज पहिलो दिन श्रम स्वीकृतिको सेवा ग्रहण गर्ने दुईजनालाई सम्मान समेत गरिएको छ । सो कार्यालयले अभिमुखीकरण तालिम प्रदायक संस्थाको अनुगमन गर्नेे, म्यानपावर व्यवसायी र कामदारबीच सुमधुर सम्बन्ध स्थापना गर्ने र कामदारलाई सूचना प्रणालीमा सहजीकरण गर्नेछ । यससँगै वैदेशिक रोजगारीमा जाने प्रक्रिया पूरा गर्न काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको छ । सरकारले पुस १५ भित्रै सातवटै प्रदेशबाट श्रम स्वीकृति योजना बनाए पनि तयारी प्रदेश २ र प्रदेश ५ बाट मात्र सेवा दिन सुरु गर्न गरिएको छ । अन्य प्रदेशमा भने केही समय ढिलाइ हुने देखिएको छ । वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी प्रदेश २ बाट जाने गरेका छन । त्यहाँबाट दैनिक करिब चार सय युवा रोजगारीका लागि विदेश जाने गरेका छन । यस्तै प्रदेश ५ बाट दैनिक करिब दैनिक तीन सय युवा रोजगारीमा जाने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *