Monday, November 25, 2024
Home > राष्ट्रिय समाचार > तमुल्होसार पर्व मनाइँदै

तमुल्होसार पर्व मनाइँदै

१५, पुष । गुरुङ् समुदायले पुरानो वर्षलाई विदा गर्दै आजवाट नयाँ वर्षको रुपमा तमुल्होसार पर्व मनाउँदैछन् ।

आजको दिन गुरुङ् समुदायले एकआपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै सामूहिक भोज लगाएत सांस्कृतिक कार्यक्रम गरी ल्होसार मान्ने चलन छ । ल्होसारको अवसरमा आफन्त तथा साथीभाई भेला भई मीठामीठा परिकार खाने प्रचलन छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ हो । यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको गुरुङ समुदायका अगुवाहरुको भनाइ छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा ती समुदायले यो पर्व मनाउने गरेका विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *