Wednesday, November 27, 2024
Home > राष्ट्रिय समाचार > सडक विभागको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त

सडक विभागको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त

काठमाडौं, १५ पुष । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक विभागको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

मन्त्री महासेठले इमान्दार ढंगले काम नगर्ने सडक विभाग, रोडस् बोर्ड लगायतका संस्थामाथि कडा कार्वाही गर्ने चेतावनी पनि दिनुभयो । उहाँले सडक विभागकै कारण काठमाडौंको रोडमा जनताको अपेक्षा अनुसार सुधार आउन नसकेको पनि स्पष्ट पार्नुभयो । स्रोत र साधनको दुरुपयोग नभएको भए काठमाडौंको सडक व्यवस्थित भईसकेको हुने मन्त्री महासेठको भनाई छ । आज काठमाडौंमा आयोजित रोडस् बोर्ड, नेपालको १६ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले आगामी चैत्र महिना भित्र काठमाडौंको सडकलाई व्यवस्थित बनाउने गरी सडक विभाग, रोडस् बोर्ड, नेपाललगायतका संस्थाहरुलाई सरकारले गतिशील बनाईरहेको दावी पनि गर्नु भयो ।

मन्त्री महासेठले संवैधानिक व्यवस्था अनुकूल हुने गरी सडक ऐन संशोधनको कामलाई अघि बढाइएको पनि स्पष्ट पार्नु भयो । मन्त्री महासेठले कानुन र संरचना निर्माणमा धेरै समय दिनु परेकाले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको स्पष्टिकरण पनि दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *