विराटनगर, १३ पुष । इन्जीनियरहरुको ब्यवसायिक क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले विराटनगर तीनदिने विद्युतिय खरीद प्रकृया सम्बन्धि प्रशिक्षण शुरु भएको छ ।
डिप्लोमा इन्जीनियर्स एशोसिएसन नेपाल मोरङ जिल्ला कार्यसमितिको आयोजनामा शुरु भएको प्रशिक्षणमा ३५ जना इन्जीनियरहरु सहमागि भएका छन् । नेपाल सरकारले बोलपत्रमा विद्युतीय एकद्वार प्रणाली लागु गरेपछि त्यस बिषयमा इन्जीनियरहरुलाई जानकार बनाउन प्रशिक्षण आयोजना गरिएको डिप्लोमा इन्जीनियर्स एशोसिएसनका केन्द्रीय उपाध्यक्ष रामसुवरण चौधरीले जानकारी दिनुभयो । विद्युतिय खरीद प्रकृयाको सम्बन्धमा सम्पूर्णरुपले जानकार नभएका कारण इन्जीनियरहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले कार्यक्रम गरिएको उहांले बताउनुभयो । प्रशिक्षणमा संघीय आयोजना कार्यालय झापाका इन्जीनियर विनोद सिंह अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौका सिनियर डिभिजनल इन्जीनियर कृष्णराज पन्तले सहभागिलाई प्रशिक्षण दिनुहुने जनाइएको छ । प्रशिक्षणमा निजामति सेवाका इन्जीनियर सहित, गैरसरकारी संस्था, निर्माण क्षेत्र र कन्सल्टेन्सीमा कार्यरत इन्जीनियरहरु सहभागि छन् । पौष ३० गते प्रशिक्षण समापन हुने जनाइएको छ ।