Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > विद्यालय भवन पुनर्निर्माण गरी हस्तान्तरण

विद्यालय भवन पुनर्निर्माण गरी हस्तान्तरण

काठमाडौ., १२ पुष । भूकम्पले क्षति पुर्याएको काठमाडौंको पुतलीसडकस्थित पदुमोदय माध्यामिक विद्यालय भवन पुनर्निर्माण गरी हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको सो भवन आज एक समारोहकाबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नु भएको हो । एशीयाली विकास बैंकको ५ करोड आर्थिक सहयोगमा निर्माण गरिएको सो भवनमा पुस्तकालय, ल्यावसहितका २७ वटा कोठा रहेका छन । सो भवनको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राजनीतिक संक्रमणकालका कारण भूकम्पले क्षति पुर्याएको विद्यालय भवन पुनर्निर्माणको काममा केही ढिलाई हुन गएको स्पष्ट पार्नु भयो । उहाँले एक वर्ष भित्र भूकम्पले क्षति पुर्याएको विद्यालय भवन पुनर्निर्माणको काम सम्पन्न गरीसक्न पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण गरिएको सो विद्यालय भवन गुणस्तरीय शिक्षाका लागि उपयोगी हुने विश्वास पनि व्यक्त गर्नु भयो । २०७२ साल बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले क्षति पुर्याएको सो विद्यालय भवनको पुनर्निर्माणको काम १ वर्ष ३ महिना भित्र सम्पन्न गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *