Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > १३ जना नेपाली चेलीको उद्धार

१३ जना नेपाली चेलीको उद्धार

काठमाडौं, १० पुष । भारतबाट अफ्रिकी मुलुकमा बेचिन लागिएका १३ जना नेपाली चेलीहरुलाई उद्धार गरी आज काठमाडौं ल्याइएको छ ।

नेपाली जनसम्पर्क समिति, भारतले भारतको एहमदावाद, बैङलोरलगायतका स्थानबाट बेचिन लागेका १३ जना नेपाली चेलीहरुलाई उद्धार गरि काठमाडौं ल्याएको हो । भारतस्थित नेपाली दुतावास र भारतको गृह मन्त्रालयसँगको सहयोगमा उनीहरुलाई उद्धारी गरी काठमाडांै ल्याउन आफूहरु सफल भएको समितिका अध्यक्ष बालकृष्ण पाण्डेले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुलाई जानकारी दिनुभयो । समितिले पछिल्लो एक महिनामा मात्रै भारतको विभिन्न स्थानबाट अफ्रिकी मुलुकमा बेचिन लागेकि ९१ जना चेलीहरुको उद्धार गरिएको दाबी पनि गरेको छ ।

ती चेलीहरुलाई उद्धार गर्नेक्रममा दलालहरुसँग नक्कली कागजपत्र समेत बरामद गरिएको उल्लेख गर्दै अध्यक्ष पाण्डेले नेपाल सरकारसँग उनीहरुलाई कडा कार्वाही गर्न पनि माग गर्नु भयो । नक्कली कागजपत्र बनाएर उनीहरुले ती चेलीहरुलाई अफ्रिकाको डान्सबारमा काम लगाई दिने प्रलोभनमा बेच्न लगेको पनि अध्यक्ष पाण्डेले बताउनुभयो । समितिले उद्धार गरी मंगलबार काठमाडौं ल्याइएका चेलीहरुको व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्ने पनि स्पष्ट पारेको छ । समितिका अध्यक्ष पाण्डेले उद्धार गरिएका ती चेलीहरुको शिक्षा, बसोबासलगायतको व्यवस्था गर्न सरकारसँग पनि आग्रह गर्ने बताउनु भयो । नेपाली चेलीहरु बेचबिखन कार्यमा संलग्न दलालहरुमाथि कार्वाही प्रक्रिया अघि बढाउन प्रहरीमा उजुरी दिने अध्यक्ष पाण्डेको तयारी छ । समितिले सो घटनामा संलग्न दोषीमाथि कार्वाही गराउने र उनीहरुको व्यवस्थापनका लागि सरकारसँग पनि कुरा राख्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *