Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > अख्तियारले आफ्नो २८ औं वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

अख्तियारले आफ्नो २८ औं वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं, ९ पुष । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक दायित्व बोकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो २८ औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ ।

संवैधानिक व्यवस्था अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वार्षिक प्रतिवेदन सदाझैं यस वर्ष पनि आज सितल निवासमा एक कार्यक्रमका बीच राष्ट्रपति भण्डारीलाई बुझाएको हो । २ सय ४७ पृष्ठ लामो प्रतिवेदनमा अख्यिारले वर्ष दिन भित्र सम्पादन गरेका कामकार्वाहीहरु समावेश गरिएको छ । प्रतिवेदनमा आर्थिक वर्ष २०७४÷७५ मा आयोगमा कूल १९ हजार ४ सय ८८ वटा उजुरी परेको उल्लेख गरिएको छ । प्रवक्ता दंगालले ती उजुरी मध्ये १२ हजार ४ सय उजुरी फस्र्यौट गरिएको जानकारी दिनु भयो । ६ हजार ४ सय ५८ उजुरी प्रारम्भिक छानवीन पछि तामेलीमा राखिएको र २ सय ६२ उजुरी सुझावसहित तामेलीमा पठाइएको पनि अख्तियारले जनाएको छ । ती मध्ये ५ सय ४६ वटा उजुरीमाथि विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको छ भने ५ हजार १ सय ३४ वटा उजुरीउपर कार्वाही गरिएको पनि अख्तियारको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।  यस वर्ष भ्रष्टाचार सम्बन्धि सबैभन्दा बढि उजुरी शिक्षा मन्त्रालयसँग सम्बन्धित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *