Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > ‘क्रस बोर्डर विद्युत व्यापार निर्देशिका’को स्वागत

‘क्रस बोर्डर विद्युत व्यापार निर्देशिका’को स्वागत

काठमाडौं, ९ पुष । सरकारले भारत सरकारले परिमार्जन गरेको ‘क्रस बोर्डर विद्युत व्यापार निर्देशिका’को स्वागत गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले सो निर्देशिका परिमार्जन गरेर भारत सरकारले नेपाल, भारत र बंगलादेशबीच विद्युत व्यापारका लागि बाटो खोलिदिएको उल्लेख गर्दै स्वागत गर्नु भएको हो । आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी उहाँले नेपालमा उत्पादित विद्युत भारत, बंगलादेश हुँदै तेस्रो मुलुकमा व्यापार गर्न सो निर्देशिका उपयोगी रहेको पनि प्रतिक्रिया दिनुभयो । मन्त्री पुनले नेपाल, भारत र बंगलादेशबीच भएको छलफलको आधारमा भारतले सो निर्देशिका परिमार्जन गरेको पनि स्पष्ट पार्नु भयो ।

भारतले सन् २०१६ मा बनाएको निर्देशिकामा आफूले लगानी गरेको आयोजनाबाट मात्रै विद्युत खरिद गर्ने व्यवस्था गरेको थियो । तर हालै परिमार्जन गरिएको सो निर्देशिकामा भने सो प्रावधान हटाइएको छ । त्यसलाई पनि नेपालले ठूलो उपलब्धिको रुपमा लिएको मन्त्री पुनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *