Friday, November 22, 2024
Home > मुख्य समाचार > बालकलाई बचाउन सहयोगको खाँचो

बालकलाई बचाउन सहयोगको खाँचो

कपिलवस्तु, ७ पुष । रगत बन्ने प्रकृया रोकिने बिटा थाईलेसिमा नामक रोगबाट ग्रसित कपिलवस्तुका एक बालक उपचारबाट बन्चित भएका छन ।

जिल्लाको यशोधरा गाउपालिका ८ सिहोखोरका ५ बर्षे रामकिशोर मुराउ आर्थिक अभावमा उपचारबाट बंचित हुन । सम्पत्तिको नाममा मुराउ परिवारको खपटाले छाएको उटटा घर मात्र छ जसमा ७ जना परिवारले गुजारा चलाउदै आएका छन । ५ सन्तान मध्ये रामकिशोर कान्छा हुन । श्रीमान राधेश्याम र आफुले दैनिक ज्यालादारी गरी बल्लतल्ल परिवारको पेट पाल्दै आएको आमा कन्समती मुराउले बताउनुभयो । डाक्टरहरुले राम्रो उपचारकलागि काठमाडौ जान भनेको तर रकम अभावले लान नसेकेको उहाँले बताउनुभयो । रोगका कारण उनले अहिले सम्म बिद्यालयको मुख देख्न पाएका छैनन । रोगले गर्दा बालक दुब्लाउदै गएका छन ।

आमा कंन्समतीका अनुसार जन्मेको ६ महिना देखि छोरामा सो रोग देखिएको हो । प्रत्येक महिना राममिशोरको रगत फेर्नु पर्दछ । ओ पोजेटिभ रक्त समुह भएका छोराको मासिक उपचारमा ५ हजारको हाराहारीमा खर्च हुने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *