Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > नेपाली कांग्रेसमा अब ८ जना सहमहामन्त्रीसहित १५ पदाधिकारी हुने

नेपाली कांग्रेसमा अब ८ जना सहमहामन्त्रीसहित १५ पदाधिकारी हुने

काठमाडौ, ७ पुष । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा पदाधिकारी विवाद टुंगिएको छ । अब ८ जना सहमहामन्त्रीसहित १५ पदाधिकारी हुनेछन ।

जसमा कोषाध्यक्षबाहेक सबै महाधिवेशनबाटै निर्वाचित हुनेछन । शीर्षनेताहरुबीच भएको सहमतिलाई हिजोसाझ केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको छ । अब आज नै महासमिति बैठकमा विधान संशोधन प्रस्ताव पेश हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । कांग्रेसमा अब सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष हुनेछन । पदाधिकारीबाटै वा केन्द्रीय सदस्यलाई मनोनित गर्न सकिनेछ । यसअघि सभापति, उपसभापति, दुई महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्ष थिए, जसमा सभापति, एक महामन्त्री र कोषाध्यक्ष निर्वाचित हुन्थे भने बाँकी सभापतिले मनोनित गर्ने र केन्द्रीय समितिले अनुमोदन गरिन्थ्यो । हिजो बिहान ७ सहमहामन्त्रीमा सहमति जुटेको थियो तर, पिछडिएको क्षेत्र छुटेको भन्दै पार्टीभित्रै विरोध भएपछि ८ जना हुने गरी अन्तिम टुंगो लागेको हो । अब केन्द्रीय कार्यसमितिको आकार पनि बढेको छ । अब १७१ सदस्यीय हुनेछ । यसअघि १६१ मा सहमति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *