Sunday, November 24, 2024
Home > मुख्य समाचार > विराट ट्रेड एक्स्पो २०१८ शुरु

विराट ट्रेड एक्स्पो २०१८ शुरु

विराटनगर, ६ पुष । विराटनगरमा आजबाट विराट ट्रेड एक्सपो २०१८ शुरु भएको छ । एक्सपोले प्रदेश एकको आर्थिक गतिविधिलाई तीब्रता दिने अपेक्षा गरिएको छ ।

मोरङ ब्यापार संघको मुख्य आयोजनामा विराटनगरको वडानम्बर २ शंकरपुरमा शुक्रबारबाट विराट ट्रेड एक्सपो शुरु भएको छ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले एक्सपोको उदघाटन गर्नुभयो । मेला उदघाटन अघि भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै मुख्यमन्त्री राईले एक्सपोले छिमेकी मुलुकहरुको ध्यान समेत आकृष्ट गरेकाले प्रदेश एकको ब्यापार प्रर्बद्धनमा महत्पुर्ण सघाउ पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध स्थापना गर्ने उद्धेश्यले आयोजना गरिएको एक्सपोमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त विदेशका ब्यवसाय र पहाडी जिल्लाका खनीजजन्य समेतको स्टलगरि २ सय ५० वटा स्टलहरु रहेका छन । उक्त स्टलहरुमा अटोमोबाइल्स, आइटी, बैंक, निर्माण सामाग्रि,कृषि तथा हस्तकला, तयारी पोशाक तथा जुत्ताचप्पल, स्वास्थ्य, पर्यटनसहित दैनिक उपभोग्य सामाग्रिहरु प्रर्दशन गरिएका छन् । मेलामा आउने दर्शकका लागि मनोरञ्जन र किनमेलबाट सन्तुष्ट भएर फर्किने विराट ट्रेड एक्सपो २०१८ का संयोजक अनुपम राठीले बताउनुभयो ।

एक्पोमा नेपाली उद्योगका उत्पादनका साथै बंगलादेश,पाकिस्तान,भारत र चाईनाका समेत २५ वटा स्टलहरु रहेका छन् । मेलालाई भब्यता प्रदान गर्न ६५ फिट लम्बाई र ३० फिट उचाईको कमलको फुल आकारको आर्कषक प्रवेशद्वार बनाइएको छ । मोरंग ब्यापार संघ मुख्य आयोजक रहेको एक्सपोलाई प्रदेशनम्बर १ का सम्पुर्ण मन्त्रालयहरु, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, विराटनगर महानगरपालिका लगायत उद्योग संगठन मोरङले प्रवद्र्धन गरेको छ । मेलाले उपभोक्ता र उत्पादककाबीचमा पुलको काम गर्ने भएकाले सबै पक्षका लागि लाभादायि हुने आयोजक समितिका पदाधिकारीको भनाई छ ।

पौष ६ गतेबाट १४ गतेसम्म चल्ने ब्यापार मेलालाई थप आर्कषक बनाउन राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरुको सहभागितामा दैनिक सांस्कृतिक कार्यक्रम आयोजना हुंदैछ । यस्तै प्रतिष्ठित होटलहरुका स्टल र बालबालिका लागि विभिन्न प्रकारका मनोरञ्जनका साधनको समेत बन्दोबस्ती मिलाईएको छ । मकालु समाचारका लागि नवीन कर्ण, विराटनगर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *