Friday, November 22, 2024
Home > मुख्य समाचार > दिपक मनाङ्गे थुनामुक्त

दिपक मनाङ्गे थुनामुक्त

काठमाडौ, ६ पुष । सर्वोच्च अदालतले आदेश दिएलगत्तै गुण्डानाईके दिपक मनाङ्गे भनिने राजीव गुरुङ थुनामुक्त भएका छन ।

सर्वोच्च अदालतको थुनामुक्त गर्ने आदेश पाएपछि मनाङगेलाई डिल्लीबजार कारगारले आज थुनामुक्त गरेको हो । प्रदेशसभा निर्वाचनमा मनाङबाट निर्वाचित भएका मनाङ्गेलाई ज्यान मार्ने उद्योग अन्तरगत थुनामा राखिएको थियो । ज्यान मार्ने उद्योगमा पुनरावेदन अदालत पाटनले सुनाएको ५ वर्ष कैद फैसलालाई सर्वोच्च अदालते सदर गरेपछि उनी जेलमा परेका थिए । सर्वोच्च अदालतले एक वर्ष अघि पुनरावेदनको पैmसला सदर गरेपछि मनाङगे फरार रहेका थिए । फरार उनलाई गत बैशाख ६ गते साँझ स्वयम्भुबाट पक्राउ गरिएको थियो । यस अघि प्रदेशसभा सांसदमा निर्वाचित भएपनि पक्राउ पर्ने डरले उनले सांसदको सपथ समेत लिएका थिएनन् । मनाङ्गेविरुद्ध रेड कर्नर नोटिस समेत जारी भएको थियो । काठमाडौंमा अर्का गुण्डा नाईके चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोगमा पुनरावेदन अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योग अन्तरगत २०६९ साल श्रावण २८ गते ५ वर्षको जेल सजाय सुनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *