झापा, ६ पुष । भारतसंग सीमा जोडिएको झापाको भद्रपुर सीमावर्ती बजारमा सिसी क्यामेरा जडान गरिएको छ ।
भद्रपुर नगरपालिका कार्यालयको सहयोग तथा वडा प्रहरी कार्यालयको पहलमा भद्रपुर क्षेत्रमा जडान गरिएको सिसी क्यामेरा कन्टोल कक्षको शुक्रवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय झापाका एसपी भीमप्रसाद ढकालले संयुक्त रुपमा उदघाटन गर्नुभएको हो । नेपाल भारतसंगको खुल्ला सीमाका कारण पछिल्लो समयमा चोरी तस्करी, लुटपाट, दुर्घटना तथा अन्य अपराधिक क्रियाकलापका घटना बढेसँगै नगरको शहरी क्षेत्रमा शान्ति सुरक्षालार्ई चुस्त दुरुस्त बनाउने उद्वेश्यले सिसी क्यामेरा जडान गरिएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जगेवूले जानकारी दिनुभयो । उहाँका अनुसार नगरका विभिन्न ११ स्थानमा १४ वटा सिसी क्यामेरा जडान गरिएको छ । सिसी क्यामेरा जडानमा १४ लाख खर्च भएको जनाइएको छ ।