Monday, November 25, 2024
Home > मुख्य समाचार > निर्मला पन्तको हत्या प्रकरणमा १८ जना प्रहरी कारबाहीमा

निर्मला पन्तको हत्या प्रकरणमा १८ जना प्रहरी कारबाहीमा

५, पुष । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा १८ जना प्रहरी कारबाहीमा पर्ने भएका छन ।

निर्मला प्रकरणको अनुसन्धानमा भएको लापरबाहीको छानबिन गर्न गत भदौ ३१ गते एआइजी धीरु बस्न्यातको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले १८ जना प्रहरीमाथि विभागीय कारबाहीको सिफारिस गरेको हो । बस्न्यात नेतृत्वको समितिले निर्मला प्रकरणको अनुसन्धानमा लापरबाही गरेको ठहर गर्दै हाल बर्खास्त जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित १८ जनामाथि कारबाहीको सिफारिस गरेको हो । प्रहरी प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीका अनुसार कारबाहीमा पर्नेहरुमा एकजना एसपी, दुईजना डिएसपी, तीनजना इन्स्पेक्टर, चारजना सई, तीनजना हवलदार र पाँचजना सिपाही रहेका छन । समितिले दिएको सुझाव र सिफारिस अनुसार १८ जनामाथि कानुन शाखाले कारबाही अघि बढाउने प्रहरी प्रवक्ता सुवेदीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *