Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > मेलम्ची खानेपानीको काम रोकिँदैन : मगर

मेलम्ची खानेपानीको काम रोकिँदैन : मगर

काठमाडौ, ५ पुष । खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको कम्पनी सिएमसीले काम छोडेर भागे पनि सरकार आफैले बाँकी काम गर्न सक्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिको बैठकमा आज खानेपानी मन्त्री मगरले सिएमसीको ठेकेदार काम छाडेर भागे पनि नेपाल सरकारलाई घाटा नलाग्ने दाबी गर्नुभएको हो । निर्माण सम्पन्न नगरेको अवस्थामा निर्माण कम्पनीविरुद्ध सिंगापुरको उच्चअदालतमा लड्न सक्ने अधिकार सरकारसंग सुरक्षित रहेको पनि उहाँले उल्लेख गर्नुभयो । सरकारले भुक्तानी दिने सम्बन्धमा भने निर्माण सम्पन्न तथा रोकिएको काम सुचारु गर्ने सम्बन्धमा केही शर्त राखेको उहाँले उल्लेख गर्नुभयो । ठेकेदार कम्पनीले १ अर्ब ६५ करोडको दाबी गरेपनि सरकारले अब ३४ करोड मात्रै भुक्तानी गर्न बाँकी रहेको भन्दै उहाँले काम छोडेर भागेपनि नेपाललाई घाटा नपर्ने दाबी गर्नुभयो ।

मन्त्री मगरले आयोजनाको बाँकी कामहरु ठेकेदार कम्पनी स्वयमले नभई सहयोगी कम्पनी मार्फत भईरहेको र ती कम्पनी सरकारसंगको सिधा सम्पर्कमा रहेकाले बाकी काम तीनै सहयोगी कम्पनीमार्फत गर्न सकिने दाबी पनि गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *