Friday, November 22, 2024
Home > खेलकुद समाचार > मेची नदीको बालुवामा भलिबल प्रतियोगिता

मेची नदीको बालुवामा भलिबल प्रतियोगिता

झापा, ५ पुष । नेपाल–भारतको सीमानामा पर्ने झापाको भद्रपुरस्थित मेची नदीको बालुवामा आजदेखि रिर्भर साईड ‘बीच’ भलिबल प्रतियोगिता शुरु भएको छ ।

दुई देश बीचको आपसी सद्भावसँगै मेची नदी किनारलाई पर्यटन गन्तव्य बनाउँने उद्देश्यले भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयले अन्तर वडास्तरीय नकआउट मेची रिर्भर साईड बीच भलिबल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ५, ३ र २ विजयी भएका छन् । अन्तर्राष्ट्रिय मानव एकता दिवसको अवसरमा आयोजित प्रतियोगिताको प्रदेश सांसद ओमप्रकाश सरावगी र भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । प्रतियोगिता सुरु हुनुभन्दा अगाडि भद्रपुर नगरपालिका अगाडिबाट विद्यालयका विद्यार्थी तथा खेलाडिले विभिन्न झाँकीसहितको ¥याली निकालेका थिए । प्रतियोगतामा नगरभरीका १० वडाबाट ४० जना खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेता टिमलाई नगद २५ हजारसहित शिल्ड प्रदान गरिनेछ, भने उपविजेता टिमलाई नगद १५ र तृतीय हुने टिमलाई नगद ८ हजारसहित शिल्ड प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *