विराटनगर, ५ पुष । व्यवसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार भन्ने नाराका साथ नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन विराटनगरमा आज सुुरु भएको छ ।
सम्मेलनमा मुुलुुकभरका नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष पदाधिकारी, महासंघका प्रदेश अध्यक्ष तथा जिल्ला सभापतिगरि दुुईसय भन्दा वढिको सहभागिता रहेको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आयोजना र नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ को सहयोगमा सम्मेलन आयोजना भएको हो । सम्मेलनको उदघाटन गर्नुुहुुंदै एक नम्वर प्रदेशका मुुख्यमन्त्रीले प्रदेश सरकार पूर्ण प्रेसमैत्री रहेको वताउनुुभयो । उहांले संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागतगर्न प्रेस जगतलेपनि मर्यादित भएर कलम चलाउनुुपर्नेमा जोड दिनुुभयो ।
कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुुनमन्त्री हिक्मत कार्कीले प्रेस स्वतन्त्रताको बिषयमा संचारकर्मीको एउटै धारणा हुुनुुपर्ने वताउनुुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा भएको सम्मेलनमा नेपाल पत्रकार महासंघका पुुर्व अध्यक्ष शिव गांउले, प्रेस युुनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल, प्रेस चौतारीका अध्यक्ष गणेश वस्नेत,न्युुनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुुली,पत्रकार महासंघ एक नम्वर प्रदेशका अध्यक्ष विक्रम लुुइटेल, मोरङ अध्यक्ष वन्धुु पोखरेलले व्यवसायिक पत्रकारिताकालागि सुुद्धिकरण तथा सुुदृढिकरण आवश्यक रहेकोमा जोड दिनुुभयो । भोलि विराटनगर घोषणा पत्र जारी गर्दै सम्मेलन समापन हुने जनाइएको छ ।