Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > इन्धनका नाममा दोहोरो सुविधाको अनर्गल प्रचार

इन्धनका नाममा दोहोरो सुविधाको अनर्गल प्रचार

काठमाडौ, ५ पुष । सरकारका मन्त्रीहरुले आफुहरुका बारेमा अनर्गल प्रचार गरेर तेजोबध गर्ने काम गरेको भन्दै संचारमाध्यमको चर्को आलोचना गरेका छन् ।

इन्धनका नाममा सरकारका मन्त्रीहरुले दोहोरो सुविधा लिएको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रीहरुले त्यसको प्रतिकार गरेका हुन् । उनीहरुले मन्त्रीका लागि दिईने सुविधा अनुसार सरकारको नियम भित्र बसेर मात्रै आफुहरुले सुविधा लिएको भन्दै उनीहरुले अनर्गल प्रचारबाजीमा नआउन समग्र संचारमाध्यमहरुलाई आग्रह गरेका छन । धुमबराहीमा आज बसेको नेकपाको स्थायी समिति बैठकपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले आफुले विद्युतीय सवारी साधन चलाउने भएकाले इन्धनवापतको सेवा नलिएको दाबी गर्नुभयो । उहाँले मन्त्रीका बारे अनर्गल प्रचावाजीमा नलाग्न संचारजगतलाई आग्रह पनि गर्नुभयो । त्यसैगरी उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मात्रृका यादवले पनि आफुले इन्धनबापतको सुविधा नलिएको दाबी गर्दे मन्त्रालयमा आएर बुझ्न चुनौति दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २४ सदस्यीय मन्त्रीमण्डलमा २३ मन्त्रीले इन्धनमा दोहोरो सुविधा लिएको , स्वकीय सचिवलाई गैहकानुनी रुपमा गाडी र इन्धन दिलाएको समाचार सार्वजनिक भएपछि यो विषयले नेकपाको स्थायी कमिटी बैठकमा प्रवेश पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *