Friday, November 22, 2024
Home > अन्तराष्ट्रिय समाचार > अमेरिकी राष्ट्रपतिको विवादित च्यारिटी फाउन्डेसन बन्द हुने निश्चित

अमेरिकी राष्ट्रपतिको विवादित च्यारिटी फाउन्डेसन बन्द हुने निश्चित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विवादित च्यारिटी फाउन्डेसन बन्द हुने भएको छ । गैरकानुनी ढंगले सञ्चालन भइरहेको आरोप लागेपछि राष्ट्रपति ट्रम्प च्यारिटी फाउन्डेसन बन्द गर्न सहमत भएका हुन् । न्यूयोर्कको महान्यायाधिवक्ता बारबरा अन्डरवुडले ट्रम्पको च्यारिटी संस्था गैरकानुनी ढंगबाट सञ्चालन भएको र यसको दुरुपयोग भएको भन्दै ट्रम्प परिवारविरुद्ध मुद्दा दायर गर्नुभएको थियो । महान्यायाधिवक्ता बारबराले राष्ट्रपति ट्रम्पले ब्यापारिक र राजनीतिक स्वार्थका लागि यो संस्था चलाएको भन्दै बन्द गर्न अपील गर्दै मुद्दा दायर गर्नुभएको हो । यो संस्था बन्द भएपछि उसको सम्पत्ति दोस्रो च्यारिटीमा जाने भएको छ । तर सो च्यारिटीमा राष्ट्रपति ट्रम्प, उहाँका तीन सन्तान भने सदस्य बन्न पाउने छैनन् । फाउन्डेसनका कानुनी सल्लाहकारले भने महान्यायाधिवक्ताले राजनीतिकरण गरेको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *