Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > कांग्रेस महासमिति बैठक लम्बिने

कांग्रेस महासमिति बैठक लम्बिने

काठमाडौं, ३ पुष । काठमाडौंमा जारी नेपाली काँग्रेस महासमिति बैठक लम्बिने भएको छ ।

पार्टीको विधान मस्यौदामा शिर्ष नेताहरुबीच सहमति नजुटेपछि महासमिति बैठक २ दिन पर सर्ने भएको हो । पार्टीको विधान मस्यौदामा सहमति नजुटेपछि महासमिति बैठक २ दिन लम्बिने भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । काँग्रेसको महासमिति बैठकको स्थान पनि परिवर्तन हुने भएको छ । पर्सीदेखि पार्टी केन्द्रिय कार्यालय सानेपामा महासमितिको बाँकी बैठक हुने प्रवक्ता शर्माले बताउनुभयो ।
विधान मस्यौदामा सहमति जुटाउन आज दिउँसो बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकले पनि ठोस निर्णय लिन सकेन । तर नेताहरुबीच पदाधिकारी संख्या बढाउने विषयमा भने सहमति जुटेको पनि प्रवक्ता शर्माले बताउनुभयो । विधानमा सहमति जुटाउन ढिलाई हुँदा काँग्रेस महासमिति बैठकमा होहल्ला समेत भएको थियो । अहिले महासमिति बैठक जारी छ । बैठकमा नेताहरुबीच राजनीतिक, आर्थिक, सांगठनिक तथा पार्टीको आन्तरिक आर्थिक नीतिका बारेमा छलफल भइरहेको पनि प्रवक्ता शर्माले बताउनुभयो ।

विधानमा पदाधिकारी संख्या बढाउन नहुने अडानमा संस्थापन पक्ष रहेपछि काँग्रेस महासमिति बैठक लम्बिने भएको हो । बैठक हार्दिकपूर्वक चलिरहेको र त्यसले पार्टीलाई नविन ऊर्जा प्रदान गर्ने प्रवक्ता शर्माको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *