Friday, November 22, 2024
Home > खेलकुद समाचार > ललितपुर प्याट्रिएट्स इपीएलको फाइनलमा

ललितपुर प्याट्रिएट्स इपीएलको फाइनलमा

काठमाडौ, ३ पुष । काठमाडौं किंग्स–११ लाई हराउँदै ललितपुर प्याट्रिएट्स एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा ललितपुरले काठमाडौंमाथि १ विकेटको झिनो जित निकाल्यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १०९ रनको लक्ष्य ललितपुरले खेलको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा र्गयो । जितका लागि अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा ललितपुरका योगेन्द्रसिंह कार्कीले उक्त चुनौती पार गरे । कार्कीले अविजित २८ रन जोड्दा कुशल भुर्तेलले २९ रनको योगदान दिए । बलिङतर्फ काठमाडौंका प्रदीप साहुले ३ विकेट लिए । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरको खेल सकिन एक बल बाँकी छँदा अलआउट हुनुपूर्व १०८ रन जोडेको थियो । काठमाडौंका लागि कप्तान रोहन मुस्तफाले ३२ रन जोड्दा सागर पुनले २९ रनको योगदान दिए । बलिङतर्फ ललितपुरका पवन शर्राफ र योगेन्द्रसिंह कार्कीले समान ३÷३ विकेट लिँदा सन्नी पटेलले २ विकेट झारे । जितसँगै ललितपुर इपीएल क्रिकेटको तेस्रो संस्करणको फाइनलमा प्रवेश गर्दा पराजित टोली काठमाडौंले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । भोलि हुने भैरहवा ग्ल्याडिएटर्स र चितवन टाइगर्सबीचको विजेतासँग काठमाडौंले दोस्रो क्वालिफायर खेल्नेछ । जारी प्रतियोगितामा ललितपुरसँग काठमाडौंको यो लगातार दोस्रो हार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *