Monday, November 25, 2024
Home > अन्तराष्ट्रिय समाचार > आर्थिक सुधारका क्षेत्रमा चीनले थप कार्य गर्ने सीको प्रतिबद्धता

आर्थिक सुधारका क्षेत्रमा चीनले थप कार्य गर्ने सीको प्रतिबद्धता

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिन पिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनै पनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताउनुभएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गरेको ऐतिहासिक ‘सुधार एवं खुला नीति’को ४० औं वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले चीनको विकास र प्रगति त्यही नीतिका आधारमा निरन्तर अगाडि बढेको र त्यसलाई छाड्न नसकिने बताउनुभयो । चिनियाँ ‘ग्रेट हल अफ द पिपुल’मा आयोजित भव्य समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले आर्थिक सुधारका क्षेत्रमा चीनले थप कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । चिनियाँ सुधार एवं खुला नीति देङ सियाओपिङको कार्यकालमा सन् १९७८ डिसेम्बर १८ मा आजकै दिन शुभारम्भ भएको थियो । तर, पछिल्ला दिनहरुमा चीन र अमेरिकाबीचको व्यापारिक युद्धले चिनियाँ अर्थतन्त्रले अनेक संकटको सामना गर्नुपरिरहेको छ । दुवै मुलुकबीच ९० दिनको व्यापारिक युद्धविराम गरी सहमतिको खोजी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *