Friday, November 22, 2024
Home > मुख्य समाचार > वैदेशिक रोजगारीका विकृति छिट्टै समाधान ः विष्ट

वैदेशिक रोजगारीका विकृति छिट्टै समाधान ः विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका विकृति र विसंगतिलाई छिट्टै समाप्त पार्ने बताउनुभएको छ । मन्त्री विष्टले वैदेशिक रोजगारमा गएका लाखौं युवाहरुको जिन्दगी धरापमा पर्नेगरी वैदेशिक रोजगारीमा अपारदर्शीमा देखिएको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पार्नुभयो । १८ औं अन्तराष्ट्रिय अप्रवासन दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई न्याय दिन सरकार लागि परेको दावी पनि गर्नुभयो । मन्त्री विष्टले वैदेशिक रोजगारलाई मर्यादित बनाउने उद्देश्यले संयुक्त राष्ट्र संघको आह्वानमा अन्तराष्ट्रिय आप्रवासन दिवस मनाउन सुरु गरिएको पनि चर्चा गर्नुभयो । यस वर्ष श्रमको सम्मान गर्न आह्वान गर्दै अन्तराष्ट्रिय आप्रवासन दिवस विश्वभर मनाइँदैछ । सन् १९९० डिसेम्बर १८ तारिकमा आप्रवासीहरुको अधिकार संरक्षणसम्बन्धि राष्ट्रसंघीय महासन्धि अनुमोदन गरिएको सम्झनामा स्न २ हजारदेखि यो दिवस मनाउन थालिएको हो । विश्वमा हाल करिव ८० लाख मानिसहरु आप्रवासीका रुपमा रहेका छन । नेपालमा पनि हाल रोजगारीको अभावका कारण विदेशिनेहरुको संख्या बढ्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *