Friday, November 22, 2024
Home > मुख्य समाचार > विपद् व्यवस्थानमा ध्यान दिन सरकारसँग सभामुखको आग्रह

विपद् व्यवस्थानमा ध्यान दिन सरकारसँग सभामुखको आग्रह

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले विपद् व्यवस्थापनका लागि संवैधानिक, कानुनी र नीतिगत व्यवस्थामा सुधार गर्न सरकारसँग आग्रह गर्नु भएको छ । सभामुख महराले विपत्तिमा परेका बेला जीउधनको क्षति न्यूनिकरणका लागि स्रोत, साधन तथा पूर्व तयारीको अभाव हुन नदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो । ‘विपद् सिर्जित विस्थापन राष्ट्रिय सम्मेलन’लाई आज काठमाडौंमा उद्घाटन गर्दै उहाँले विपद् विस्थापनमा परेका नागरिकलाई संकटको सामना गर्न सक्ने गरी सशक्तिकरण अभियान संचालन गर्न ढिलाई गर्न नहुनेमा पनि जोड दिनुभयो । सभामुख महराले नेपाल भूकम्पलगायतका प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको मुलुकभित्र पर्ने भन्दै त्यसबाट बच्ने उपायबारे जनचेतनामूलक कार्यक्रम संचालन गर्न पनि सरोकारवाला निकायको ध्यानाकर्षण गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *