Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > कांग्रेसमा विवाद चर्कियो

कांग्रेसमा विवाद चर्कियो

काठमाडौ, २ पुस । नेपाली कांग्रेस भित्र पार्टीको विधान संशोधन मस्यौदामा देखिएको विवाद चर्किएको छ ।

पार्टीको विधान मस्यौदामा पदाधिकारी संख्या बढाउनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको माग सम्बोधन नगर्ने अडानमा संस्थापन पक्ष रहेपछि सो सम्बन्धि विवाद कांग्रेस भित्र चर्केर गएको हो । सोही समस्या समाधानका लागि आज बिहान सिंहदरबारमा बसेको काँग्रेस पदाधिकारी बैठक पनि विना निष्कर्ष टुंगिएको थियो । पदाधिकारीको संख्या, केन्द्रिय कार्य समितिको प्रतिनिधित्वलगायतका केही सवालमा देखिएको समस्या साँझ बस्ने केन्द्रिय कार्य समिति बैठकले हल गर्ने निर्णय गर्दै पदाधिकारी बैठक सकिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो ।

आज महासमितिको तेस्रो दिन बन्दसत्र जारी छ । बन्दसत्रमा राजनीतिक, आर्थिक,सांगठनिक र पार्टीको आयव्ययसम्बन्धि प्रतिवेदनमाथि छलफल भईरहेको छ । तर विधान मस्यौदामा भने सहमति नजुटेपछि साझ केन्द्रिय कार्य समितिको बैठक बोलाइएको हो । सो बैठकले विधान मस्यौदामा पनि सहमति जुटाउने प्रवक्ता शर्माको दावी छ । महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले तयार पारेको विधान सम्बन्धि प्रतिवेदनमा कांग्रेस केन्द्रिर्य कार्य समितिमा अझै सहमति जुटन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *