Sunday, November 24, 2024
Home > अन्तराष्ट्रिय समाचार > उत्तर कोरिया र अमेरिकाविचको सम्बन्धमा चिसोपनको संकेत

उत्तर कोरिया र अमेरिकाविचको सम्बन्धमा चिसोपनको संकेत

उत्तर कोरियाले अमेरिकाद्धारा आफ्ना तीन वरिष्ठ सरकारी अधिकारीहरुविरुद्ध लगाएको प्रतिवन्धको चर्को आलोचना गरेको छ । अमेरिकी कदमको प्रतिक्रियास्वरुप उत्तर कोरियाले प्योङयाङको निशस्त्रीकरण अभियानलाई सदाको लागि बन्द गर्ने चेतावनीसमेत दिएको छ । अमेरिकाले गत सोमबारमात्रै तीन उत्तर कोरियाली अधिकारीविरुद्ध प्रतिबन्ध लागाएको घोषणा गरेपछि उत्तर कोरियाको यो चेतावनी आएको हो । गत जनु १२मा उत्तर कोरियाली शासक किम जोनङ उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच सिंगापुरमा आणबिक निशस्त्रीकरण गर्नेबारे सहमति भएको थियो । सोही सहमति तोड्ने उत्तरको कोरियाको चेतावनीप्रति भने अमेरिकाले कुनै प्रतिक्रिया दिएको छैन । अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा पछिल्लो समय सुधार आएतापनि पछिल्लो समय अमेरिकाले उत्तर कोरियाका अधिकारीहरुमाथि प्रतिबन्ध लगाएपछी सम्बन्धमा तुषारापात आएको हो । जसका कारण आणबिक निशस्त्रीकरणको सहमति समेत प्रभावित हुने आंकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *