Friday, November 22, 2024
Home > अन्तराष्ट्रिय समाचार > पेरिस जलवायु परिवर्तन सम्बन्धी सम्झौतामा सहमत

पेरिस जलवायु परिवर्तन सम्बन्धी सम्झौतामा सहमत

विश्वका १९६ मुलुक सन् २०२० सम्म पेरिस जलवायु परिवर्तन सम्बन्धी सम्झौताको लक्ष्य प्राप्तिका लागि आवश्यक कार्यविधिमा सहमत भएका छन् । पोल्याण्डमा भएको जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४ औं सम्मेलनमा कार्बन उत्र्सजन सम्बन्धी आवश्यक रणनीतिमा विवाद हुँदा बैठक लम्बिएको थियो । अमेरिका, साउदी अरब, रुस र कुवेतले प्रारम्भिक चरणमा सम्झौताको मस्यौदामा आपत्ति जनाएका थिए । नयाँ कार्यविधि माथिको सम्झौताले विकसित मुलुकबाट कार्बन उत्र्सजनमा कमि आउने विश्वास गरिएको छ । २ डिग्रि सेल्सीयसमा पृथ्वीको तापक्रम वृद्धिलाई सिमित गर्ने पेरिस सम्झौताको लक्ष्य प्राप्ति क्याटोभिस सम्झौताको लक्ष्य रहेको बीबीसीले उल्लेख गरेको छ । कार्बन उत्सर्जन हुने मुख्य योजनाहरु बन्द गर्दै त्यसको विकल्प तर्फ विकसित राष्ट्र मोडिनुपर्ने छ । यद्यपि, गरिब राष्ट्रहरुका लागी भने सो योजनामा लचकता अपनाइएको छ । १ दशमलब ५ डिग्रि सेल्सीयसमा तापक्रम वृद्धि गर्ने लक्ष्य रहेपनि हाल तापक्रवृद्धि ३ डिग्रि सेल्सीयस सम्म पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *