Monday, November 25, 2024
Home > मुख्य समाचार > निर्मला पन्तको हत्यारालाई सरकारले नै बचाउन खोजेको आरोप

निर्मला पन्तको हत्यारालाई सरकारले नै बचाउन खोजेको आरोप

काठमाडौ, २९ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कंचनकपुरकी निर्मला पन्तको हत्यारालाई सरकारले नै बचाउन खोजेको आरोप लगाउनुभएको छ ।

आजदेखि राजधानी काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले शान्ति सुरक्षा कायम गराउन नसकेको सरकार स्वयम निर्मला पन्तको हत्यारा बचाउन लागि परेको दाबी गर्नुभएको हो । मुलुकभर हत्या हिंसाका घटना बढ्दै गएको तथा निर्मला पन्तको तस्वीर टाँस्नेलाई समेत नियन्त्रणमा लिने सरकारका क्रियाकलाप सर्वत्र आलोचित भएको उहाँले उल्लेख गर्नुभयो । संघियता नै असफल बनाउने षडयन्त्रमा सरकार लागेको पनि उहाँले दाबी गर्नुभयो । वर्तमान सरकारले जनतालाई लोकतन्त्रको उपहारको रुपमा मंहगी दिएको, बूढीगण्डकी आयोजना निर्माणको जिम्मा विना प्रतिष्पर्धा सुम्पिएको, मिडियामा हस्तक्षेप बढेको भन्दै उहाँले त्यसविरुद्ध सशक्त प्रतिकार गर्नुपर्ने बताउनुभयो । महासमिति बैठकबाट पार्टीलाई एकतावद्ध र संगठित बनाई बलियो प्रतिपक्षीको रुपमा मुलुकभर सरकारका क्रियाकलाप विरुद्ध आवाज बुलन्द पार्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । मुलुकका ठुला राजनीतिक परिर्वतनमा नेपाली कांग्रेसको ठुलो योगदान रहेको चर्चा गर्दै उहाँले आन्तरिक द्धन्द्धका कारण कतिपय अवस्थामा उम्मेदवारहरु पराजित हुनुपरेको यथार्थ भने स्वीकार गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *