Friday, November 22, 2024
Home > अन्तराष्ट्रिय समाचार > प्रसाद खाँदा ११ जनाको मृत्यु

प्रसाद खाँदा ११ जनाको मृत्यु

एजेन्सी । भारतको कर्नाटकमा मन्दिरको प्रसाद खाँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । करिब ७० जना बिरामी परेका छन् ।

कर्नाटकको चामराज नगर जिल्लास्थित सुलाबाडी गाउँको किच्चुकुट्टी मारम्मा मन्दिरको प्रसाद खाँदा ११ को मृत्यु हो । ज्यान गुमाउनेमध्ये ३ महिला छन् । प्रसाद सेवनबाट बिरामी ७० मध्ये दर्जन बढीको अवस्था गम्भीर रहेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विशेष पूजामा सहभागीलाई प्रसादका रुपमा भात र टमाटर दिइएको थियो । तर, खाएको केही बेरमै उनीहरुमा बाकबाकी लाग्ने र पेट दुख्ने समस्या देखिएको थियो । प्रसादमा के मिसिएको थियो भन्ने खुलेको छैन । प्रहरीले खानाको नमूना संकलन गरेर यसबारे अनुसन्धान अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *