Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > कांग्रेसको महासमिति बैठकको तयारी अन्तिम चरणमा

कांग्रेसको महासमिति बैठकको तयारी अन्तिम चरणमा

काठमाडौ, २७ मंसिर । नेपाली कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाली कांग्रेसले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी शनिबारबाट सुरु हुने पार्टी महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको औंपचारिक जानकारी गराएको हो । काठमाडौंको रामशाहपथस्थित योगम्बर पार्टी प्यालेसमा शनिबार बिहान ११ बजे पार्टीका सभापति शेरबहादुर देउवाले महासमिति बैठकको उद्घाटन गर्नु हुने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो । महासमिति बैठकमा भाग लिन विभिन्न मुलुकमा रहेका पार्टीका जनसम्पर्क समितिका प्रतिनिधिहरु काठमाडौं आउने क्रम सुरु भईसकेकोपनि पत्रकार सम्मेलन जानकारी दिइएको छ । महासमिति बैठकमा १६ सय जना प्रतिनिधि र पर्यवेक्षकहरु सहभागी हुने पनि प्रवक्ता शर्माले बताउनु भयो । महासमिति बैठक उद्घाटन भएकै दिन शनिबार अपरान्हबाट बन्द सत्र सूरु हुने कार्यक्रम पनि तय गरिएको छ । बन्द सत्रमा पार्टी केन्द्रिय कार्य समितिबाट पारित पाँच वटै प्रतिवेदनहरु पेश हुनेछ । पार्टीका उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक प्रतिवेदन, पार्टीका अर्का महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन प्रतिवेदन, सहमहामन्त्री डा. प्रकाशशरण महतले अर्थनीति सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष सितादेवी यादवले पार्टीको आय÷व्यय विवरण समेटिएको प्रतिवेदन बन्द सत्र सुरु भएकै दिन शनिवार पेश गर्नु पनि प्रवक्ता शर्माले बताउनु भयो । पुस १ गतेबाट महासमिति बैठकमा सो प्रतिवेदनमाथिको छलफल प्रदेश स्तरीय ७ वटा समूह बनाएर सुरु हुनेछ । प्रवक्ता शर्माले पुस ३ गते मध्यान्हसम्म सो प्रतिवेदनमाथि छलफल गरी महासमिति बैठकले आवश्यक निर्णय लिने पनि बताउनु भयो । काँग्रेसले भोलि शुक्रबार भने महासमिति बैठकमा भाग लिन आएका देशभरका महासमिति सदस्यहरुलाई पार्टी कार्यालयमा स्वागत गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *