Sunday, November 24, 2024
Home > राष्ट्रिय समाचार > काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको डिपीआर माघ दोस्रो साता तयार हुन्छ : रक्षामन्त्री पोखरेल

काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको डिपीआर माघ दोस्रो साता तयार हुन्छ : रक्षामन्त्री पोखरेल

काठमाडौ, २७ मंसिर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) माघ दोस्रो साता तयार हुने बताउनुभएको छ ।

उपप्रधानमन्त्री पोखरेलले सो द्रूतमार्ग निर्माणको डिपिआर ग्लोबल टेन्डर आह्वान गरी कोरियाली कम्पनीलाई निर्माण गर्न दिइएको पनि स्पष्ट पार्नुभयो । आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकका बोल्दै उहाँले एशीयाली विकास बैंकको फिजिबिलिटी स्टडी र नेपाल सरकारले स्किृत गरेको कार्यविधिको आधारमा सो द्रूतमार्ग निर्माणको काम सुरु गरिएको पनि बताउनु भयो । डिपीआर तयार नभई सो द्रूतमार्ग निर्माण गरिएको भन्दै खोकना र बुङमतीका स्थानीयले विरोध गरिरहेका छन् । तर उपप्रधानमन्त्री पोखरेलले कानुनसम्मत ढंगले सरकारले सो दू्रतमार्ग निर्माणको काम सुरु गरिएको दावी गर्नु भयो । उहाँले सो द्र्र्रूतमार्ग निर्माण कार्य सुरु गर्न २०७४ साल बैशाख २१ गते बसेको मन्त्रीपरिषद बैठकले परामर्श दाता खरिद गर्न पनि नेपाली सेनालाई स्वकृति दिएको स्मरण गराउनु भयो । सो द्रूतमार्ग निर्माणका लागि सरकारले वातावरणीय प्रभाव मूल्यांकन पनि स्विकृत गरि सकेको उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७४ साल बैशाख २१ गते सो दू्रतमार्ग बनाउने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *