Friday, November 22, 2024
Home > मुख्य समाचार > प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस

काठमाडौ, २७ मंसिर । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबरालाई सिफारिस गरेको छ ।

संवैधानिक परिषदको आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश मध्येबाट जबराको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सर्वसम्मतिले सिफारिस गर्ने निर्णय गरिएको राष्ट्रियसभाका अध्यक्ष एवम् परिषदका सदस्य गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनु भयो । सर्वोच्च अदालतको दोस्रो वरियतामा रहनु भएका वरिष्ठ न्यायाधीश दिपकराज जोशी यस अघि नै संसदीय सुनुवाई समितिले अस्विकृत गरेपछि तेस्रो वरियताका वरिष्ठ न्यायाधिश जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको छ । २०१४ साल मंसीर २८ गते काठमाडौंको सुकेधारामा जन्मनु भएका जबराले २०७१ सालदेखि सर्वोच्च अदालतको न्यायाधिशको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । प्रधानन्यायाधिश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अवकाश पाउँदै हुनुहुन्छ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्तीका लागि सिफारिस गरेका जबरालाई संसदीय सुनुवाई विशेष समितिले स्विकृत गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *